विदेशी मुद्राको विनिमयदर तय, अमेरिकी डलर स्थिर


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्डको विनिमयदर स्थिर छ ।

कुवेती र बहराइन दिनार पनि आज हिजोकै भाउ कायम छ । आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा छ ।

युरो १ को खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा कायम छ ।

कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा, बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा तोकिएको छ ।