२३ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ५ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर ४ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको छ ।