विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि वार्षिक १.३ ट्रिलियन डलर उपलब्ध गराउनुपर्ने संयुक्त राष्ट्रसंघको भनाइ


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित राष्ट्रहरूले आफ्ना प्रतिवद्धताहरू पूरा गर्नुपर्ने र जलवायु अनुकूलनका लागि सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई वार्षिक १.३ ट्रिलियन अमेरिकी डलर वित्तपोषण गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघका प्रमुखले इथियोपियाको राजधानी अदिस अबाबास्थित अफ्रिकी युनियन (एयू) को मुख्यालयमा शनिवार शुरु भएको अफ्रिकी युनियनका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको सम्मेलनको ३९ औं साधारण सत्रको उद्घाटन सत्रमा सो आह्वान गरेका हुन् ।

उनकाअनुसार जलवायु परिवर्तनले पृथ्वी र मानिसहरूको जीविकोपार्जनमा विनाशकारी असरहरू पारिरहेको छ । जसमा यो संकटमा लगभग शून्य योगदान पु¥याएको अफ्रिकाले औसतभन्दा बढी दरमा तापक्रम वृद्धिको सामना गरिरहेको छ ।

उनले यो पनि उल्लेख गरे कि यदि अफ्रिकी महाद्वीपले सौर्य ऊर्जा लगायतका नवीकरणीय स्रोतहरूको उपयोग गर्न सकेमा यो विश्वकै स्वच्छ ऊर्जाको पावरहाउस बन्नसक्छ ।

जहाँ विश्वको उत्कृष्ट सौर्य सम्भावनाको ६० प्रतिशत हिस्सा रहेको छ । यद्यपि, अफ्रिकाले हाल विश्वव्यापी स्वच्छ ऊर्जा लगानीको मात्र दुई प्रतिशत प्राप्त गरिरहेको छ ।