काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचारप्रसार खुल्ला भएको छ ।
निर्वाचनको मनोनयन प्रक्रिया सकिएर अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाअनुसार आमसभा, कोणसभा तथा जुलुसमा प्रतिबन्धि थियो ।
सामूहिक घरदैलोलगायतका कार्यलाई निर्वाचन आचारसंहिताले रोक लगाए पनि दलहरूले अनौपचारिक प्रचारप्रसार भने गरिरहेका छन् । आजदेखि राजनीतिक दल तथा उम्मेदवारले आफ्नो औपचारिक प्रचारप्रसारको काम सुरु गर्नसक्नेछन् ।
निर्वाचन आचारसंहिताले मतदान हुने दिनभन्दा १७ दिनभन्दा अघि मात्र सभा, जुलुस गर्न पाउने व्यवस्था गरेको छ ।
मतदानको ४८ घण्टाअघिदेखि दलले प्रचारप्रसार गर्न पाउने छैनन् ।
फागुन १८ गते राति १२ बजेबाट मौन अवधि सुरु हुने छ । राजनीतिक दलले मुख्य प्रचारका लागि १५ दिनको समय पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्