काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १ हजार ९०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर ४ हजार ८८५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्