घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार छापवाल सुनको मूल्य तोलामा एक हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ४०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर ४ हजार ८८० रूपैयाँ कायम भएको छ ।