काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर घटेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३८ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३८ पैसा थियो ।
यस्तै युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ ३० पैसा र बिक्रीदर १७२ रूपैयाँ १ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रूपैयाँ ४० पैसा र बिक्रीदर १०२ रूपैयाँ ८२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रूपैयाँ २९ पैसा छ ।
यस्तै चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ९६ पैसा र बिक्रीदर २१ रूपैयाँ ४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ६० पैसा र बिक्रीदर ३८ रूपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा विनियमय दर कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ १२ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रूपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रूपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रूपैयाँ ५ पैसा र बिक्रीदर ३८५ रूपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रूपैयाँ ८ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ६३ पैसा कायम गरिएको राष्ट्र बैँकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्