काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख ४ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १८० रूपैयाँले बढेर ५ हजार ६० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्