काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता रहेपछि राष्ट्र बैंकले ८७ दिनको लागि ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवाब्याज राष्ट्र बैंकले २०८३ जेठ ६ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।


प्रतिक्रिया दिनुहोस्