महासङ्घको नयाँ नेतृत्वका लागि ढकाल पक्षले तयार गर्‍यो पदाधिकारी प्यानल,पत्रकार सम्मेलन गरेर घोषणा गर्ने


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि हेमराज ढकाललाई प्रस्तावित वरिष्ठ उपाध्यक्षको रूपमा अगाडि सारेर एउटा पक्षले चुनावी तयारी सुरु गरेको छ ।

नयाँ वरिष्ठ उपाध्यक्ष नयाँ निर्वाचित कार्यसमितिबाट चयन हुने व्यवस्था छ ।

महासङ्घको चुनावी सरगर्मी बढ्दै जाँदा वर्तमान वस्तुगत उपाध्यक्ष ढकाललाई एउटा पक्षले वरिष्ठ उपाध्यक्षको उम्मेदवारको रूपमा प्रस्ताव गरेको हो ।

यससँगै महासङ्घको नयाँ नेतृत्वका लागि हुने चुनावका लागि ढकालले एउटा समूहको नेतृत्व गर्नेछन् ।

आगामी कार्यकालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ । त्यसपछि भने अध्यक्षमा पनि चुनाव हुने छ ।

ढकाल समूहबाट एसोसिएट उपाध्यक्षको उम्मेदवार ज्योत्सना श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे नगर जिल्ला, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, र प्रस्तावित महिला उपाध्यक्षको उम्मेदवारमा कमला श्रेष्ठ रहेका छन् ।

महिला उपाध्यक्ष पनि निर्वाचित कार्यसमितिबाट चयन हुने महासङ्घको विधानमा व्यवस्था छ । श्रेष्ठ एसोसिएटमा फेरि उपाध्यक्ष दोहोरिन लागेकी हुन् ।

ढकाल समूहले साेमबार पत्रकारसम्मेलन मार्फत आफ्नाे प्यानल घाेषणाकाे तयारी गरेकाे छ ।

अर्को पक्षको नेतृत्व भने वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गरिरहेका छन् ।

श्रेष्ठको समूहमा बस्तुगत उपाध्यक्षकाे उम्मेदवारमा शिवप्रसाद घिमिरे, एसोसिएट्समा प्रबलजंग पाण्डे, जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठ रहेका छन् ।

चैत २८ र २९ गते हुने महासङ्घको साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदै छ ।