समर्थकको साथले उत्साहित साम्बा, एकैदिनमा उपचारका लागि जुट्यो डेढ करोड सहयोग


काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै अब थप आर्थिक सहयोग रोक्न अनुरोध गरेकी छन्।

सामाजिक सञ्जालमार्फत् भावुक सन्देश सार्वजनिक गर्दै उनले पछिल्लो २४ घण्टामा प्राप्त साथ, विश्वास र मायाले आफूलाई नयाँ ऊर्जा दिएको उल्लेख गरेकी छन्।

साम्बाले आफ्नो उपचारका लागि स्वदेशी बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ५२ हजार न्युजिल्यान्ड डलर ९करिब ४५ लाख रुपैयाँ० संकलन भएको जानकारी दिएकी छन्।

विभिन्न संघ–संस्था तथा प्रायोजकबाट नगद तथा अन्य सुविधासहित सहयोगको प्रतिबद्धता प्राप्त भएको उल्लेख गर्दै उनले उक्त रकम उपचार, कतार बसाइँ, आवास र यातायात खर्चका लागि पर्याप्त हुने बताएकी छन्। त्यसैले आजैदेखि दुवै खातामा सहयोग रकम जम्मा गर्न रोक्न आग्रह गरेकी छन्।

उनले आफू आवद्ध क्लब ध्भििष्लनतयल एजयभलष्ह ले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारी दिएकी छन्। चाँडै नै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

चोटका कारण शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकित बनेको बताउँदै साम्बाले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको उल्लेख गरेकी छन्। खेलाडीका रूपमा आफूले कमाएको सबैभन्दा ठूलो सम्पत्ति उपाधि वा पैसा नभई माया, भरोसा र समर्थन नै भएको उनले दोहोर्‍याएकी छन्।

उनले दृढ संकल्प व्यक्त गर्दै अझ मजबुत भएर मैदानमा फर्कने प्रतिबद्धता जनाएकी छन्। पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने र जित हासिल गर्ने आफ्नो लक्ष्य रहेको उनले स्पष्ट पारेकी छन्।