सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ३ लाख १४ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १३० रूपैयाँले बढेर ५ हजार ७१५ रूपैयाँ कायम भएको छ ।