काठमाडौ । आइतबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख २० हजार ५०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २४५ रूपैयाँले बढेर ५ हजार ९८५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्