सार्वजनिक बिदाको दिन बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन


काठमाडौँ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक बिदाका दिनसमेत बैंकिङ सेवा अवरुद्ध नहुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

होली पर्व र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन कार्यालय सञ्चालनमा राख्न केन्द्रीय बैंकले आग्रह गरेको हो।

निर्देशनअनुसार सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैंकहरूले राजस्व संकलन तथा भुक्तानी सेवा निरन्तर उपलब्ध गराउनुपर्नेछ।

निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल र उम्मेदवारको नगद, चेक तथा अन्य भुक्तानी कारोबार पनि नियमित रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।