काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख १६ हजार ९०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेर ५ हजार ४७५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्