काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख १७ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख १४ हजार २०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ५ हजार ४९५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्