काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो । आजै राति १२ बजेदेखि बढेको मूल्य लागु भएको छ ।
अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ पुगेको छ भने मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।
पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा पुगेको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा भनिएके छ,“यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।”


प्रतिक्रिया दिनुहोस्