काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख ९ हजार ५०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर ५ हजार २६५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्