नेपालको निर्यात २० प्रतिशत र आयात १२ प्रतिशतले बढ्यो


काठमाडौँ । नेपालको निर्यात २०.८३ प्रतिशतले बढेको छ भने आयात १२.५४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२ ८३ को फागुनसम्म नेपालले एक खर्ब ९१ अर्ब ११ करोड २० लाख ३० हजार रूपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रूपैयाँ बराबरको निर्यात गरेको थियो ।

नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख ३१ हजार रूपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।

नेपालको वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ८ महिनामा १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रूपैयाँ बराबर रहेको नेपालको कुल वैदेशिक व्यापार चालु आर्थिक वर्षको ८ महिनामा १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख ६१ हजार रूपैयाँ बराबर रहेको छ ।

नेपालको व्यापार घाटा ११.२२ प्रतिशतले बढेको छ । नेपालको व्यापार १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रूपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रूपैयाँ बराबर रहेको थियो ।