काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा आइतबार बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले पदाधिकारी चयन प्रक्रिया सम्पन्न गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।
नाडाको विधान २०७१ (संशोधनसहित) को दफा २०.७ बमोजिम २०८२ पुस २५ गते काठमाडौँमा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिएको जनाइएको छ।
नयाँ कार्यसमितिअनुसार अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन्।
त्यस्तै उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्। महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सह–कोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्।
संस्थागत सदस्यतर्फ प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन्।
साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह चयन भएका छन्।
यसैगरी अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्।
त्यसै दिन अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रम समेत आयोजना गरेका थिए। कार्यक्रममा संस्थाको भावी रणनीति, अटोमोबाइल क्षेत्रका चुनौती तथा अवसरबारे छलफल भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्