काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् ।
साेमबार नेपाल उद्योग वाणिज्य महासंघकाे प्रतिनिधीहरुसँगकाे भेटघाटमा उनले अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु नपर्ने बताएका हुन् ।
उनले भने, “म घुस खान एकाे हाेइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज माेडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।”
निजी क्षेत्रले अब दुःख नपाउने र निजी क्षेत्रकाे सहयात्री रहेकाे उनकाे भनाइ छ । उनले लगानी बढाउन, राेजगारी बढाउन र देश बनाउने बताए ।
उनले भने, “आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन । तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहाेला भन्ने अपेक्षा छ । नियाेजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छाैँ।”


प्रतिक्रिया दिनुहोस्