काठमाडौँ । नर्सरी व्यवसायी संघ, नेपालकाे तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो २०८२ आजदेखि सुरू भएको छ ।
१९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा ५६ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, ३ वटा आधिकारिक स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ वटा स्टल राखिएका छन् । मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका ७ सय भन्दा बढी प्रजातिका बिरुवाहरू लगाएत मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध छन् ।
मेलामा करिव ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।







































प्रतिक्रिया दिनुहोस्