काठमाडौँ । च्याउ उत्पादक किसान संघ, नेपालको तेस्रो राष्ट्रिय च्याउ सम्मेलन २०८२ बाट केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ ।
चैत २० र २१ गते सम्पन्न सम्मेलनबाट सन्तोष कार्की पुनः अध्यक्षमा चयन भएका छन् । यसअघि पनि अध्यक्ष रहेका कार्कीलाई निरन्तरता दिँदै पुनः नेतृत्व सुम्पिएको हो। सह-अध्यक्षमा सिताराम तिमल्सिना चयन भएका छन् ।
प्रदेशगत प्रतिनिधित्व सुनिश्चित गर्दै उपाध्यक्षहरू पनि चयन गरिएको छ। बागमती प्रदेशबाट रामहरि घिमिरे, उपत्यकाबाट सुवास तिमल्सिना, कोशी प्रदेशबाट सिताराम घिमिरे, मधेश प्रदेशबाट रुपेश कापर, गण्डकी प्रदेशबाट बिनोद भुसाल, लुम्बिनी प्रदेशबाट पद्मकला बम, कर्णाली प्रदेशबाट विजय ज्ञवाली तथा सुदूरपश्चिम प्रदेशबाट डिलिराज जोशी उपाध्यक्षमा चयन भएका छन् ।
महासचिवमा विकास रिमाल चयन भएका छन् भने सचिवहरूमा रमेश सापकोटा, शिव सन्जेल र तारानाथ घिमिरे चयन भएका छन्। कोषाध्यक्षमा बिनोद पौडेल चयन हुँदा २२ जना केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको संघले जनाएको छ।
त्यसैगरी लेखा आयोगको अध्यक्षमा रमेश बिडारी र अनुशासन आयोगको अध्यक्षमा भरत पुडासैनी चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्