१०५ अंकले घट्यो नेप्से, १२ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड २५ लाख २५ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिड्ज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपरखुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३।०६ प्रतिशतले घटेको छ ।

यस्तै, आइतबार ७ ओटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लगेको छ । आज नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् ।

यी सबै कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले घटेको छ ।

कुल ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।