काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले ईन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपमले नै घटाउन आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले सरकारले गरेको ईन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै यसलाई दीर्घकालिन रुपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिए ।
ईन्धनको मुल्य सुपथ बनाउँदा समगै अर्थतन्त्र नै चलायमान हुने उल्लेख थापाले भने ‘आजको युगमा कुनैपनि द्वन्द्वले विश्वभर प्रभाव पार्दछ । विशेषगरी नेपाल जस्तो भुपेरिवेष्टित देशमा यसको प्रभाव अझ बढी छ । हाम्रो उर्जा आपूर्ती भारतमार्फत निर्भर रहेको सन्र्दभमा म नेपाल सरकारलाई यस अवस्थालाई नजिकबाट निगरानी गर्न तथा भारत सरकारसंग समन्वय गरि ईन्धन आपूर्तीमा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गर्दछु ।’
सरकारलाई दीर्घकालिन रुपमा यस्ता अप्रत्यक्ष करहरु स्थायी रुपमा घटाउने वा पुनर्वलोकन गर्न थापाले आग्रह गरे ।
उनले नेपाली नेपाली राजनितिमा एकता, सहमति र सहकार्यको आवश्यक्ता देखिएको बताउँदै सरकारलाई राजनिनितिक दलहरुसंग सम्बाद गर्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्