काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ५६ दिनको लागि निक्षेप संकलन गर्ने भएको हो ।
यसको साँवा ब्याज राष्ट्र बैंकले २०८३ जेठ २७ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्