काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा छापा हानेको छ ।
भट्ट र अग्रवालको घरसहित हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।
हिजो भट्ट र अग्रवालको निजी निवासहरूमा र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको विभाग स्रोतले जनाएको छ । विभागले छापा हानेर अनुसन्धानका कागजात लिएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल अहिले पनि हिरासतमै छन् । अनुसन्धानकै शिलशिलामा पक्राउ परेका शंकर अग्रवाल भने छुटिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्