काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९९ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १ हजार ३०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ५ हजार १६० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्