भित्र उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठक,बाहिर सदस्यताको मागसहित धर्ना


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिीय कार्यकारिणी समिति सदस्यको बैठक बसिरहँदा सदस्यताको माग गर्दै १८ ओटा वस्तुगत सङ्घले धर्ना दिइरहेका छन् ।

अदालतसम्म पुगेको सदस्यता विवादसहितको निर्णय गर्न महासङ्घ केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ ।

सदस्यता सिफारिस समितिले १८ ओटै वस्तुगत सङ्घलाई सदस्यता दिन नसकिने कारणसहित प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन सार्वजनिक भएपछि १८ ओटै वस्तुगत सङ्घले सदस्यताको माग गर्दै बैठकस्थल अगाडि धर्ना दिएका हुन् ।

उच्च अदालत पाटनले सदस्यता विवाद टुङ्ग्याएर मात्रै साधारण सभा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि गत चैत २९ र ३० गते हुने भनिएको साधारण सभा स्थगित भएको थियो ।

महासङ्घले यही वैशाख २१ र २२ गते साधारण सभा गर्ने तयारी गरेको छ । सदस्यता विवाद भने कायमै छ ।