काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्योपति शेखर गोल्छा पक्राउ परेका छन् ।
धितोपत्र ऐन उल्लङ्घनको आरोपमा हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष रहेका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीसहित अन्य व्यक्तिहरूको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) तथा दफा ९८ अनुसार कसूर भएको आशङ्का गरिएको छ।
उक्त कसूरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ । गोल्छालाई पक्राउ गर्न आजै काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिइएको थियो ।
अदालतको अनुमतिपछि उनलाई सोही दिन काठमाडौं जिल्ला, नक्साल क्षेत्रबाट पक्राउ गरिएको सिआइबिले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सिआइबीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्