१२० अर्ब रूपैयाँ निक्षेप संकल गर्दै राष्ट्र बैंक


काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक खर्ब २० रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट १९ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ वैशाख ३० गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।