घट्यो एभरेष्ट बैंकको नाफा


काठमाडौँ । आर्थिक वर्ष २०८२ ८३ को तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक लिमिटेडको खुद नाफा ३.७१ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो आवधिमा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रूपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।

अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रूपैयाँ थियो।

बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ८ अर्ब ९३ करोड १० लाख ३५ हजार रूपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो समीक्षा अवधिमा ९.२३ प्रतिशतले बढेको हो । सञ्चालन मुनाफा भने ३.५३ प्रतिशतले घटेको छ । यो अवधिमा सञ्चालन मुनाफा ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार रूपैयाँ रहेको छ ।

बैंकले एक अर्ब ४५ करोड २६ लाख ३९ हजार रूपैयाँ खुद फि तथा कमिशन आम्दानी गरेको छ । यो आम्दानी ३२.४९ प्रतिशतले बढेको छ ।

यस्तै समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज भने २७ करोड २९ लाख ४८ हजार रूपैयाँबाट बढेर ७७ करोड ७३ लाख ९६ हजार रूपैयाँ पुगेको छ।

बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख ४८ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५० अर्ब ८७ करोड ९८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रति सेयर ३२.३५ रूपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २४४.२७ रूपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रूपैयाँ छ ।