नेपाल बैंकले २ अर्ब ७९ करोड रूपैयाँ नाफा कमायो


काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकले २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रूपैयाँ खुद नाफा कमाएको छ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ ८३ को तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ०.३४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रूपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २.९० प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७ अर्ब १० करोड ७५ लाख २६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार रूपैयाँ रहेको छ । सञ्चालन मुनाफा १२.५२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड २७ लाख ८३ हजार रूपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड ९८ लाख ८७ हजार रूपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५.३४ रूपैयाँ र प्रतिसेयर नेटवर्थ २७२.७९ रूपैयाँ रहेको छ।

बैंकले ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख ४ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख ५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्तापूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।