काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा जिल्लानगरबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा खुल्लातर्फ कुनै पनि महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन् ।
जिल्लानगरमा खुल्लातर्फ १५ जना निर्वाचित हुने व्यवस्था छ ।
अन्तिम प्रकाशित सूचनाअनुसार २२ जना उम्मेदवार सबै पुरुष छन् । आरक्षण तर्फ भने ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लानगरबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा महिलाबाट २ सदस्य निर्वाचित हुने व्यवस्था छ । जिल्लानगरबाट २ जना उपाध्यक्षका लागि ४ जना चुनावी मैदानमा छन् । केन्द्रीय उपाध्यक्षको उम्मेदवारमा कल्पना गैरे प्रतिस्प्रधामा छिन् ।



प्रतिक्रिया दिनुहोस्