काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९५ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९४ हजार ८०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर ५ हजार ३० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्