काठमाडौँ । व्यवसायी दिपक भट्टलई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन भनेको छ ।
उनकी पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै भट्टलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
रिटमा काठमाडौँ जिल्ला अदालत बबरमहल, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग , केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय प्रहरी प्रभाग सानेपा, ललितपुरलाई विपक्षी बनाई भट्टकी श्रीमती नेपालले वन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी दिइन् ।
भट्टलाई सम्पत्ति शुद्धीकरण र धितोपत्र कसुरमा अनुसन्धान भइरहेको छ ।
वैशाख १८ गते दर्ता भएको रिटमा आज न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले विपक्षीको नाममा कारण देखाउन आदेश दिएको छ भने सम्बन्धित व्यक्तिलाई बन्दीसहित अदालतमा उपस्थित गराउन भनेको छ ।
आदेशमा ‘यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नू भनी प्रस्तुत आदेश…,’ भन्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्