काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न अस्विकार गरेपछि व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार धितोपत्र सम्बन्धी कसुरमा ५ लाख धरौटी बुझाएर सोमबार रिहा भएलगत्तै बिमासम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालतकी न्यायाधीश मोना सिंहको इजलासले म्याद थप्न अस्विकार गरेको हो ।



प्रतिक्रिया दिनुहोस्