नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

मङ्गलबार भएको निर्वाचनको मतगणनाअनुसार श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ हेमराज ढकाल समूहका हुन् ।

श्रेष्ठले ६३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी शिवप्रसाद घिमिरेले ६० मत ल्याए ।