काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएट्तर्फको केन्द्रीय कार्यकारिणी समिति सदस्यको टुङ्गो लागेको छ ।
मङ्गलबार भएको मतदानको अन्तिम मत परिणामअनुसार आइएमई ग्रुपको सचिन ढकालले लोकप्रिय मत प्राप्त गरेका छन् । उनले १३ सय १८ मत प्राप्त गरेका हुन् भने दोस्रोमा हेमन्त गोल्छाले १२०२ मत प्राप्त गरेका छन् । यस्तै अम्बिका प्रसाद पौडेलले ११८३ मत प्राप्त गरेका छन् ।
विजयी हुने १७ जनाको सूची हेर्नुहोस् :
१. सचिन ढकाल (आई.एम.ई. ग्रुप प्रा.लि.) – १३१८
२. हेमन्त गोल्छा (हुलास रेमिटेन्स प्रा.लि.) – १२०२
३. अम्बिका प्रसाद पौडेल (स्काई टच ईन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्ट प्रा.लि.) – ११८३
४. उज्ज्वल कुमार श्रेष्ठ (पञ्चकन्या कंक्रिट प्रिमिक्स प्रा.लि.) – ११५६
५. शक्ति कुमार वेगानी (गणपती ज्वेलर्स नेपाल प्रा.लि.) – ११४२
६. ऋषि अग्रवाल (यती पोलिकेम प्रा.लि.) – ११२२
७. सुशील थापा (साहस उर्जा लि.) – १०९४
८. राजेश कुमार अग्रवाल (अर्घाखाँची सिमेन्ट लिमिटेड) – १०८२
९. सुयस प्याकुरेल (एम एम पोलिमर्स प्रा.लि.) – १०६९
१०. रामशरण भण्डारी (हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लि.) – १०४३
११. बाबु काजी कार्की (बुढानिलकण्ठ हेरिटेज लि.) – १००६
१२. दिवश न्यौपाने (सर्वोत्तम सिमेन्ट लि.) – ९९१
१३. कृष्ण लाल महर्जन (क्लासिक डायमण्ड ज्वेलर्स प्रा.लि.) – ९७४
१४. प्रियराज रेग्मी (क्रिष्टल कन्चनजंघा सेक्युरिटिज प्रा.लि.) – ९५४
१५. इश्वर बहादुर जि.सी. (एच.डि. ईण्डष्ट्रिज प्रा.लि.) – ९४९
१६. सुरज उप्रेती (एस. आर. फुड्स प्रा.लि.) – ९०७
१७. बटु लामिछाने (अर्विट ईनर्जी प्रा.लि.) – ८६०



प्रतिक्रिया दिनुहोस्