काठमाडौँ । उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । मत परिणाम अनुसार पाण्डेले १ हजार ७९ मत प्राप्त गरेर विजयी भएका हुन् । उपाध्यक्षकी प्रत्याशी ज्योत्सना श्रेष्ठ (सुब्बा)ले ७५० मत प्राप्त गरिन् ।
यस्तै, महिला सदस्यमा जमुना माथेमाले १ हजार १४६ र अभिज्ञा मल्लले १ हजार १४ मत प्राप्त प्राप्त गर्दै निर्वाचित भएका छन् । जमुना पौडेलले ७०२ र शोभा ज्ञवालीले ७२१ मत प्राप्त गरेर पराजित भए ।
सदस्यमा विजयी माथेमा र मल्ल पाण्डे समूहका हुन् ।



प्रतिक्रिया दिनुहोस्