झिनो अंकले घट्यो नेप्से, ३ अर्ब १९ करोड रूपैयाँको कारोबार


काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ११ लाख ५३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.७४ प्रतिशतले बढेको छ ।

भगवती हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.९० प्रतिशतले घटेको छ ।

कुल ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।