क्यान महासंघ अध्यक्ष पाण्डे एफएनसिसिआईको कार्यकारिणी सदस्यमा विजयी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा सुनैना पाण्डे निर्वाचित भएकी छिन्।

कम्प्युटर एसोसियसन नेपाल (क्यान)को अध्यक्ष समेत रहेकी पाण्डे मंगलबार भएको महासंघको निर्वाचनबाट महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचिन बनेकी हुन्।

महासंघको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा विजयी बनेकी पाण्डेले ११ मत प्राप्त गरिन्।