नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु श्रेष्ठले पाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आज उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक श्रेष्ठले आजैदेखि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

सरकारले ल्याएकाे सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम हितेन्द्रदेव शाक्य पदमुक्त भएपछि अर्को व्यस्था नभएसम्मका लागि श्रेष्ठलाई निमत्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।