सरकारको नीति तथा कार्यक्रम आज


काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

आजदेखि सुरु हुन लागेको सङ्घीय संसदको अधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्दै छ ।

आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ ।

गते फागुन २१ गते भएको निर्वाचनबाट रास्वपा झण्डै दुईतिहाई बहुमत प्राप्त गरेर सरकार बनाएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो ।

नीति तथा कार्यक्रममा रहेर सरकारले जेठ १५ गते बजेट ल्याउने छ ।