काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख २ हजार २०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर ५ हजार ७१० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्