काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
बुधबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा थियो भने मङ्गलबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा तोकिएको थियो ।
पछिल्ला दिनमा अमेरिकी डलरको मूल्य निरन्तर बढीरहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा छ ।
यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा छ ।
कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५४ पैसा विनिमयदर तोकिएको राष्ट्र बैँकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्