हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा गर्न रोक


काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा गर्न रोक लागेको छ ।

बीमा प्राधिकरणले बैशाख २९ गतेको निर्णय अनुसार हिमालयन रि इन्स्योरेन्सलाई असार मसान्तसम्म नयाँ पुनर्बीमा गर्न रोक लगाएको हो ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ”बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) बमोजिम प्रकाशित सूचना सूचना प्रकाशन मिति २०८३/०१/३१ बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यस अघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाईएको व्यहोरा प्राधिकरणको मिति २०८३÷०१÷२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन्छ ।”