३०० रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य ३ लाख २ हजार ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेर ५ हजार ७४५ रूपैयाँ पुगेको छ ।