घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य २ लाख ९४ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३३० रूपैयाँले घटेर ५ हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ ।