नोभा आइसक्रिम उपभोग गर्न अनुपयुक्त, बजारबाट फिर्ता लिन निर्देशन


काठमाडौँ । फिस्टेल डेरी प्रा.लि. ले उत्पादन गरेको नोभा आइसक्रिम मानव उपभोगको लागि उपयुक्त नदेखिएको जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन निरिक्षणको क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परिक्षण गर्दा मानव उपभोगको लागि उपयुक्त नदेखिएको उल्लेख गरेको हो ।

पोखरा औद्योगिक क्षेत्रमा रहेको एक हजार मि.लि. को नोभा आइसक्रिममा टोटल ब्याकटेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोक्याक्टेरियासियक काउन्ट ब्याकटेरिया रहेकोले मानव उपभोगको लागि उपुयक्त नदेखिएको हो ।

ब्याच नम्बर सि०२ का सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न साथै विक्री वितरण नगर्न नगराउन निर्देशन दिइएको छ ।